खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

Posted on: 20 Apr, 2019

वैशाख ७, कतार |  खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन हुनुभएको छ । १९ अप्रिल २०१९ शुक्रबारका दिन दोहास्थित केरला कल्चर सेन्टरमा शुक्रबार सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, द्धितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन हुनुभएको छ । २१ सदस्यीय समितिको सदस्यमा बलराम आचार्य, महेश दाहाल, चुडामणि पुरी, गजेन्द्र राई, जीवन राई, राजकुमार राई, सन्तोष आले, विश्वराज खत्री, लोकेन्द्रबहादुर खड्का, गंगा पराजुली, यादव पुरी, मोहन कोईराला, रामकुमार मगर र महिला सदस्यमा गंगा गुरुङ चयन हुनुभएको छ ।

दोश्रो चरणको कार्यक्रम सुरु भए लगतै कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिसेष अतिथिहरुले दिप प्रजलन गरि ब्यनर उद्घाटन गरेका थिए ।  कार्यक्रममा रास्ट्रीय गित पश्चात प्रथम उपाध्यक्ष्य एकराज राइले स्वागत मन्त्यब्य सगै खोटाङको चिनारी पनि प्रस्तुत गरेका थिए  । 


साँस्कृति कार्यक्रम सहित आयोजना गरिएको अधिवेशन उद्घाटन कार्यक्रममा स्वागत गित तथा नृत्य नमस्ते खोटाङले कार्यक्रमनै  रौनक बनेको थियो ।  

कार्यक्रमको प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष नगेन्द्र पोखरेल (नबिन) ले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गर्नुभएको थियो । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । कार्यक्रममा रोजगारीका सिलसिलामा कतार पुगेर स्थापना गरिएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले खोटाङ सेवा समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

खोटाङ सेवा समाज कतारले सस्थाका सस्थापक सदश्यहरु चानक पोख्रेल, भाइकाजी गुरुङ, अमृत कुमार राइ र धनकाजी गुरुङ लाइ दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।  त्यसै गरि सस्थाका विभिन्न कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति दिनु भएकोमा उपस्तिथ सम्पूर्ण कलाकारहरुलाई कदर र प्रसंसा पत्रले सम्मान गरेको थियो । 


खोटाङ सेवा समाजले कतारमा पुगेर विभिन्न समस्यमा परेका खोटाङ्गे तथा गैरखोटाङ्गेलाई सहयोग गर्नुका साथै गृह जिल्लाको विकासको लागि एम्बुलेन्स सेवा जस्ता विभिन्न बिकाश निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । 

समाजका महासचिव कैलाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा  सभापति निवर्तमान अध्यक्ष तिला बहादुर खत्री रहेका थिए । अन्त्यमा नब निर्बाचित अध्यक्ष्य रुद्र शर्माले बिगतमा भएका अपुराका हरुलाई निरन्तरता दिदै आगामी दिनमा नया उल्लेखनिय सामाजिक काम गर्ने प्रतिबद्दता समेत गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!