स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु, एकजना घाइते

Posted on: 04 Aug, 2019

साउन १९, काभ्रे  | स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

मोटरसाइकलमै सवार सोही ठाउँका २६ वर्षीय सबिन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा नगरपालिका-१४ साझा पेट्रोलपम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५७प ९४६९ नम्बरको मोटरसाइकल बिपरीत दिशाबाट आइरहेको बा१च ८११२ नम्बरको स्कारपियोमा ठोक्किँदा दुर्घटना भएको हो । 

स्कारपियोका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!