प्राचीनकालको डोमाङ छ्योई सार्वजनिक

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. २ ठूलो गाउँमा ६७४ वर्षभन्दा पुरानो डोमाङ छ्योई (पुस्तक) सार्वजनिक गरिएको छ ।

जोक्पा छेन्पो थार्पालिङ गुम्बा समितिद्वारा आयोजीत शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमवीच बौद्ध धर्मललम्बीहरुको महत्वपूर्ण ऐतिहासिक डोमाङ छ्योई (पुस्तक) र गुम्बाको म्हाने पनि सार्वजनिक गरिएको हो । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको अवसरमा आयोजीति सो कार्यक्रममा तामाङ इतिहासकै कथा बोकेको नाम विसुन लोप्चन (लामा गुरु) को छ्योई र तत्कालिन गुम्बाको म्हानेलाई स्थानीय तथा सहभागीहरुले दर्शन गर्ने अवसर पाए । तिब्बतबाट नेपाल आगमन हुने क्रममा ठूलो गाउँलाई विसुन लोप्चन (लामा गुरु)ले बासास्थानको रुपमा स्वीकार गरी बसोबास गर्दै आएको इतिहास छ ।


वि.सं. १४०१ सालमा स्थापित थार्पालिङ गुम्बा भत्किएर जीर्ण भएपछि सोही गुम्बाको आस्था र चिनारीका लागि हाल समिति तयारी गरी गुम्बा पुनःनिर्मार्ण गर्न लागिएको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । उक्त गुम्बाको महत्वपूर्ण धार्मिक ग्रन्थ तथा सामाग्रीहरुलाई संरक्षण गरी परापूर्वकालको इतिहासलाई जीवन्त दिन गुम्बा निर्माणको आवश्यकता रहेको उल्लेख गरे । अहिले ३ तलाको गुम्बा निर्माणका लागि समिति लागि परेको बताउँदै सहयोग गर्न सरकार र स्थानीयवासीहरुलाई आह्वन गरेको छ । गुम्बा निर्माण गर्न १ करोड ३६ लाख २ सय २२ रुपैया खर्च लाग्ने बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!