चलचित्र 'चि मुसी चि'को पहिलो रोमान्टिक गीत सार्वजनिक(भिडियो सहित)

Posted on: 28 May, 2018

 

जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेको छ | श्रावण ११ गतेलाई रिलिज मिति तय गर्दै आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा यो रोमान्टिक गीत सार्वजनिक गरिएको हो । 

 उक्त गीतमा सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ | गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माको अभिनय रहेको छ । यी दुईको यो डेब्यू फिल्म हो । उक्त गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् । 

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई  दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता भने शिवराज कार्की रहेका छन् |

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको  उक्त फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!