कोरोना भाइरसको नयाँ प्रकारले २०२० भन्दा २०२१ थप कठिन हुने डब्ल्यूएचओको चेतावनी

Posted on: 17 Jan, 2021

माघ ४, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोनाभाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने बताएको छ । पछिल्लो समय कोरोनाभाइरसको नयाँ प्रकार देखिएका बेला 

डब्ल्यूएचओ यस्तो चेतावनी दिएको हो ।

बेलायतमा देखिएको उच्च सङ्क्रामक क्षमता भएको उक्त भाइरस ५० वटा देशहरुमा फैलिसकेको छ । त्यस्तै अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकामा देखा परेको भाइरसको 'स्ट्रेन' अर्थात् प्रकारको संक्रमण २० वटा देशहरू भेटिएको छ ।

नयाँ देखा परेको कोरोना भाइरसको प्रकारले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको डब्ल्यूएचओले जनाएको छ । प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखीएको  बिबिसीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!