पाकिस्तानमा आइतबारदेखि खुल्दैछ अन्तराष्ट्रिय उडान

Posted on: 08 Aug, 2020

साउन २४, काठमाडौँ | कोरोना महामारीको कारण ठप्प बनेको पाकिस्तानको अन्तराष्ट्रिय विमान सेवा आइतबारदेखि सुचारू हुने भएको छ । 

इमरान सरकारले संक्रमणमा कमी आएपछि अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको हो ।   पाकिस्तानमा २१ मार्चदेखि घरेलु तथा २६ मार्चदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।


यसका साथै पाकिस्तान सरकारले आगामी सातादेखि टुरिस्ट स्पट, रेस्टुरेन्ट, सैलुन, सिनेमा हल समेत खुल्नेछ । पाकिस्तान सरकारका अनुसार दैनिक आउने नयाँ संक्रमित र मृत्युको संख्यामा ८० प्रतिशत कमि आएको जनाएको छ ।

कोरोना संक्रमणको अपडेट दिँदै आएको worldometers.info का अनुसार हालसम्म पाकिस्तानमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ६४५ रहेको छ । जसमध्ये ६ हजार ५२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । रेकर्डका अनुसार पाकिस्तानमा संक्रमित मध्ये २ लाख ५८ हजार ९९ जना निको भईसकेका छन् भने १८ हजार ४९४ जना संक्रिय संक्रमित रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!