चीन, अमेरिका र बेलायतद्वारा कोरोना विरुद्धको भ्याक्सिन दोस्रो चरणको ट्रायलमा

Posted on: 31 May, 2020

जेठ १८, काठमाडौँ (एजेन्सी) | कोरोना संक्रमण फैलन सुरु भएको चीनमा कोरोना विरुद्धको भ्याक्सिन दोस्रो चरणको ट्रायलमा रहेको बताइएको छ । 

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले संसारलाई चीनलेनै कोरोना विरुद्धको भ्याक्सिन दिने सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्ट गर्दै चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएको छ ।

ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । 

उक्त पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने बताइएको छ । 

उता अमेरिका र बेलायतले पनि यस बर्षको अन्त्यसम्ममा कोरोना विरुद्धको भ्याक्सिन तयार गरिसक्ने दावी गर्दै हाल परीक्षणकै क्रममा आफ्नो काम अगाडी बढाईरहेका छन् । ब्रिटिसको अक्सफोर्ड युनिभर्सिटीले बिभिन्न ७ देशबाट कोरोना भाइरसको भ्याक्सिन उत्पादनको काम सुरु गरिसकेको र यसै वर्षाको अन्त्यसम्ममा उपलब्ध गराउने दावी गरेको छ ।

त्यस्तै संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । उसले पशुहरुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको जनाएको छ । सो कम्लेपनीले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्न सकिने बताइसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!