यसरी ठोक्किँए दुई विमान आकाशमै

Posted on: 19 Feb, 2020

फागुन ७, एजेन्सी | दुई विमान एकापसमा आकाशमै ठोक्किंदा अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा चार जनाको मृत्यु भएको छ | 

बुधबार भएको उक्त दुर्घटनामा विमानमा सवार चारै जनाको मृत्यु भएको हो | प्रहरीका अनुसार दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेका थिए | ती दुई विमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए |

दुबै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!