अत्यन्त 'महत्त्वपूर्ण परीक्षण' गरेको उत्तर कोरियाको दाबि,अमेरिकालाई यस्तो चुनौति

Posted on: 08 Dec, 2019

मंसिर २२, एजेन्सी | उत्तर कोरियाले शनिबार ‘देशको सोहा भू–उपग्रहीय प्रक्षेपण केन्द्रबाट अन्त्यन्त महत्वपूर्ण परीक्षण’ गरेको छ | सरकारी संचार माध्यमा जनाइए अनुसार परीक्षणबाट ‘अत्यन्त सफल परिणाम’ निस्किएको छ |

यो ‘अत्यन्त महत्वपूर्ण’ परिणामले ‘निकट भविष्यमा उत्तर कोरियाको रणनीतिक अवस्था बदल्ने’ दाबि गरिएको छ | तर के परिक्षण गरिएको भन्ने कुरा खुलेको छैन | केहि समय अघि उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ पठाउने चेतावनी दिएको थियो |

सन् २०१७ मा उत्तर कोरियाले अन्तर–महादेशिय ब्यालेष्टिक मिसाइलको पहिलो परिक्षण प्रक्षेपण सम्पन्न गर्दा त्यसलाई अमेरिकाको लागि ‘उपहार’ बताएको थियो | जसले गर्दा परीक्षणले दुई देशबीच महिनौं लामो तनाव सुरु गराएको थियो |

संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूतले अमेरिकासँगको वार्तामा आणविक निशस्त्रीकरणबारे अब वहस नहुने बताएका छन् | हामीलाई अब अमेरिकासँग लामो वार्ता गरिरहनु पर्ने आवश्यकता छैन राजदूत किम सोङले एक वक्तव्यमा भनेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!