भारतमा आगलागी हुदाँ ३२ जनाको मृत्यु,५० जनाको उद्धार

Posted on: 08 Dec, 2019

मंसिर २२,एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीमा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ | आइतबार बिहान नयाँदिल्लीको रानी झाँसी रोडमा आगलागी भएको हो | भारतीय मिडियाहरुले जनाए अनुसार ३२ जनाको शव प्राप्त भएको छ |

५० जना भन्दा बढीको उद्धार गरिएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले जानकारी दिएका छन् | आगलागीको कारण भने खुलेको छैन | आगो आइतबार बिहान ५ बजे लागेको थियो | त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेको थियो | आगिकै कारण अजिकैका अन्य तिन घर समेत जलेका छन् |

उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ | आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!