म्यानमारका विद्रोहीद्वारा ४० सुरक्षाकर्मीको अपहरण

Posted on: 27 Oct, 2019

कात्तिक १०, काठमाडौँ | म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् । 

जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले बताएका छन् । ‘विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका छन्’, उनले सुरक्षाकर्मी अपहरणमा परेको पुष्टि गर्दै भनेका छन् । 


अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि सेनाले हेलीकोप्टर तथा स्थल अपरेसन सञ्चालन गरेको बताइएको छ । यद्यपि, अहिलेसम्म अपहरणमा परेकी ती सुरक्षाकर्मीहरू फिर्ता गराउन सकिएको छैन ।

विद्रोहीसँग सम्पर्कका लागि सेनाले प्रयास गरिरहेको बताएको छ । तर, स्थापित हुन सकिरहेको छैन । रखाइन बुद्धमार्गीहरूको स्वतन्त्रताका लागि संघर्ष गर्दै आइरहेको संगठन हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!