विमानस्थलबाटै फर्काइयो कश्मीरको अवस्था बुझ्न गएका राहुल गान्धी

Posted on: 25 Aug, 2019

भदौ ८, एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमति दिइएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको थियो ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गएका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा राहुलले भने, ‘केही दिन पहिले गर्भनरले मलाई जम्मू–कश्मीर आउने निम्तो दिएका थिए । हामी कश्मीरका जनताको अवस्था बुझ्न चाहन्थ्यौँ । तर हामीलाई श्रीनगरको विमानस्थलबाट बाहिर जान अनुमति दिइएन । हामीसँग दुर्व्यवहार गरियो र सञ्चारकर्मीलाई पिटियो । यसले जम्मू–कश्मीरको अवस्था सामान्य नभएको देखाउँछ ।’

राहुलसँगै कश्मीर गएका गुलाम नबी आजादले कश्मीरको अवस्था डरलाग्दो भएको बताए । उनले विमानमा सँगै यात्रारत केही कश्मीरी यात्रुले बताएको दुःखद अवस्थाले ढुङ्गालाई पनि रुवाउने बताए । उता सीपीएमका महासचिव सीताराम येचुरीले विमानस्थलमा आफूहरुलाई गरिएको व्यहारबारे बताए, ‘जब हामीलाई विमानस्थलमा हिरासतमा लिइयो तब हामीले कुन आरोपमा पक्राउ गरिएको हो भनेर सोध्यौँ र आदेश देखाउन भन्यौँ । 

उनीहरुले हामीले त्यो आदेश पढेर सुनाए । जब हामी आदेश देख्यौँ त्यसमा हामी एकजुट भएर व्यवधान उत्पन्न गर्न पुगेको लेखिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!