चर्चित गायक गायिकाहरुको स्वरमा ‘कोरोनाको महामारी’ सार्वजनिक (भिडियो हेर्नुहोस)

Posted on: 13 Jun, 2020

जेठ ३१, काठमाडौं | चर्चित संगीतकार शिखर सन्तोषले कोभिड-१९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्बजनिक भएको छ । कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।



चर्चित संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा त्यस्तै भावना बोकेको सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदिगायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ । सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् ।गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।


भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो । पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!