चटपटे बेच्दै, स्नातक पढ्दै १८ बर्षीय रितु (भिडियो हेर्नुहोस)

Posted on: 15 Jul, 2019

असार ३०, काठमाडौँ | नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।

भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।


माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ । देशमा काम छैन, भविष्य छैन भन्दै विदेशमोह राख्नेहरुकोबीचमा दरिलो उदाहरण बनेकी छिन् रितु । 

भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!