सन्दिपको टिम आइपीएल अंकतालिकामा सबैभन्दा माथी उक्लियो, राजस्थान ६ विकेटले पराजित

Posted on: 23 Apr, 2019

वैशाख १०, काठमाडौँ | इन्डियन प्रीमियर लीगको ४० औं खेल अन्तर्गत सोमबार राति सवाई मानसिंह स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । राजस्थानको घरेलु मैदानमा पछिल्लो ७ बर्षदेखि जितको रेकर्ड बनाउन नसकेको दिल्लीले सोमबार रातिको खेलमा जित हाँसिल गर्दै ७ बर्षदेखिको रेकर्ड तोड्न सफल भएको हो । खेलमा जित दर्ता गरेसँगै ११ खेलमा ७ खेल जित्दै दिल्ली आईपीएल अंकतालिकामा सबैभंन्दा शिर्ष स्थानमा पुगेको छ । १० खेल खेलेर ७ खेल जितेको चेन्नई सुपरकिंग्स दोश्रो स्थानमा छ । त्यस्तै तेश्रो नम्बरमा रहेको मुम्बई इन्डीएन्सले १० खेलमा ६ खेल जितेको छ । 


सोमबार रातिको खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीबिरुद्ध ब्याटिङ गर्ने क्रममा राजस्थान रोयल्सले २० ओभरमा ६ विकेटको क्षेतीमा १९१ रनको सम्मानजनक स्कोर जोडेको थियो । तर त्यस लक्ष्यलाई १९.२ ओभरको खेलमा ४ विकेटको क्षेतीमा पुरा गर्दै दिल्लीले आइपीएलको यस सिजनको ७ औं जित हाँशिल गरेको हो । 

राजस्थानले पहिले ब्याटिङ गर्ने क्रममा उसको ओपनर ब्याट्सम्यान अजिंक्य राहाणेले नट आउट ६३ बल खेलेर १०५ रनको फराकिलो पारि खेलेका थिए ।  उनले ३ छक्का र ११ चौका प्रहार गरेका थिए । उनका अलावा स्टेभ स्मिथले ३२ बलमा ५० रन जोडे । त्यस्तै स्टुवर्ट वीनीले १३ बलमा १९ रन जोडे । बाँकी ब्याट्सम्यानहरुले ८ रन भन्दा बढी बनाउन सकेनन् । राजस्थानको ६ विकेट लिने क्रममा दिल्ली क्यापिटलका कगीसो रवाडाले २ विकेट, इशान्त शर्माले १ विकेट, अक्षर पटेलले १ विकेट र क्रीस मरोसले १ विकेट लिएका थिए ।


राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटलका लागि पृथ्वी शाले ३९ बलमा ४२ रन, शिखर धावनले २७ बलमा ५४ रन, श्रेयस ऐयरले ५ बलमा ४ रन, रिशभ पन्तले ३६ बलमा ७८ रन जोडे । रिशभ पन्तकै पारीले सोमबार रातिको खेल दिल्ली क्यापिटले जित्न सफल भएको हो । रिशभ पन्तले ४ छक्का र ६ चौका प्रहारे उक्त स्कोर बनाएका हुन् । त्यस्तै दिल्लीका लागि शेरफान रुदरफर्डले नटआउट रही ११ रन र कोलिन इन्ग्रामले नट आउट ५ बलमा ३ रन जोडेका थिए । यसरी दिल्ली क्यापिटलले राजस्थान रोयल्सले दिएको १९२ रनको लक्ष्य  ४ बल बाँकी छंदानै पुरा गरेको हो ।  

हेर्नुस आइपीएल सिजन १२ को ४० औं खेलसम्मको अंकतालिका 


यस बिषयमा तपाइको प्रतिक्रिया...!