IPL मा आजको खेलमा सन्दिपले लिए ३ विकेट, केएल राहुल र क्रिस गेल समेत टिकेनन्

Posted on: 20 Apr, 2019

वैशाख ७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने टिममा परे । जस अनुसार आफ्नो खेलको पावर समेत देखाईदिएका छन् । 

सन्दिपले ४ ओभरको खेलमा महँगो रन दिए तर त्यसका वावजुत महत्वपूर्ण ३ विकेट समेत लिए । खेलमा फराकिलो स्कोर बनाईसकेका क्रिस गेलको विकेट लिनु सन्दिपको लागि निकै उत्कृष्ट सफलता बन्यो । त्यसको अलावा किंग्स इलाभेन पन्जावको ओपनर ब्याट्सम्यान केएल राहुललाई समेत सन्दिपले नै आउट गरिदिए । 


व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले १२.२ ओभरमा गेललाई आउट गरेका थिए । गेलको पारी निकै आक्रामक अवस्थामा जाँदै गरेको अवस्थामा ३७ रनमा ६९ रन बनाएका क्रिस गेललाई सन्दिपले आउट गरेका हुन् । 

यसअघि लगातार तीन खेलमा सन्दीप बेन्चमा थिए । बिहिबार मुम्बई इन्डीएन्ससँगको खेलमा सन्दिपलाई नखेलाएकोले हार्नुपरेको भन्दै समर्थकहरुले  आलोचना गरेका थिए । 

अहिले दिल्ली क्यापिटल र किंग्स इलाभेन पन्जाव बिरुद्ध खेल हुँदैछ  । खेलमा टस जितेर पहिले बलिङ गरेको दिल्ली बिरुद्ध किंग्स इलाभेन पन्जावले १६४ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!