IPL क्रिकेट: बिराट कोहलीको टिमको ७ औं हार (८ टिम को कुन स्थानमा ?)

Posted on: 16 Apr, 2019

वैशाख ३, काठमाडौँ | आईपीएलको ३१ औं म्याच वानखेडे स्टेडियम अन्तर्गत सोमबार भएको मुम्बई इन्डिएन्स र रोयल च्यालेंजर्स ब्यांग्लोरबीच भएको खेलमा मुम्बईके ५ विकेटले ब्यांग्लोरलाई पराजित गरेको छ । यस मैदानमा मुम्बईको बिरुद्ध ब्यांग्लोरको सातौँ हार हो । उसले पछिल्लो पटक यो रंगशालामा २०१२ पछि कुनै जीत हात पार्न सकेको छैन । ब्यांग्लोरले पहिले २० ओभरमा ७ विकेट गुमाई १७१ रन बनाएको थियो । उक्त स्कोर मुम्बईले १९ ओभरको खेलमा पुरा गरिदिएको हो । मुम्बईका हार्दिक पाण्डेले १९ औं ओभरको खेलमा निकै आकर्षक पारी खेले । उनले १६ बलमा ३७ रनको बिजयी पारी खेले ।


यस अघि ब्यांग्लोरले २० ओभरमा ७ विकेट गुमाई १७१ रन बनाएको थियो । उसको लागि एबी डिविलियर्स र मोइन अलीले अर्धशतकीय पारी खेले । दुवैले तेश्रो विकेटको लागि ९५ रनको साझेदारी खेले । डिविलियर्सले ७५ र मोइनले ५० रन बनाएका थिए । ब्यांग्लोरको विकेट लिने क्रममा ७ विकेट मध्ये ४ विकेट लसिथ मलिंगाले लिएका थिए ।


ब्यांग्लोरका कप्तान विराट कोहलीलाई खेलको तेश्रो ओभरमा जेसन बेहरेनडॉर्फले ८ रनको मात्र स्कोर बनाउँदा आउट गरिदिए । पार्थिव पटेलले २८ रन बनाएर हार्दिकको बलमा सूर्यकुमारको क्याच थमाए । मार्क्स स्टोइनिस खाता नखोली मलिंगाको बलमा पवेलियन फर्किए । अक्षदीप नाथले २ र पवन नेगीले खाता नखोली पवेलियन फर्किए । 

ब्यांग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बई इन्डीयन्सका क्वीनटन डीककले सर्वाधिक ४० रन बनाए  । उनले २६ बलमा उक्त स्कोर जिदेका थिए  । त्यस्तै रोहित शर्माले २८ रन, सुर्य कुमार यादवले २९ रन, इशान किसानले २१ रन, कुर्नाल पाण्डेले ११ रन, हार्दिक पाण्डेले नट आउट रही १६ बलमा ३७ रनको बिजयी पर्दर्शन गरे । ब्यांग्लोरले खेलमा मुम्बईको विकेट लिने क्रममा युजवेन्द्र चाहल र मोइन अलिले २/२ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट लिन सफल भए । 


८ टिम को कुन स्थानमा ? (टेवलमा हेर्नुहोस्) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!