स्यालुट नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले ड्युटीमा रहेका जवानलाई कुटे

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौँ | स्यालुट नगरेको भन्दै प्रहरी निरीक्षकले एकजना जवानलाई हातपात गरेका छन | महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरी जवान बलबहादुर विश्वकर्मामाथि  प्रहरी निरीक्षक विक्रम सुवेदीले हातपातको प्रयास गरेका हुन् |

 चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा जुनियर कर्मचारीले सिनियरलाई सलाम गर्ने प्रचलन भएपनि सोमबार बिहान सादा पोशाकमा आएका प्रहरी निरीक्षक सुवेदीलाई विश्वकर्माले सलाम  नगरेपछि ड्युटीमा रहेका जवानमाथि हातपात गरेका छन् |

सलाम नगरेपछि सम्झाउने क्रममा विश्वकर्माले केही बोलेपछि प्रहरी निरीक्षक सुवेदीले कुट्ने प्रयास गरेको सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीले बताएका छन् | यस बिषयमा थप अनुसन्धान गरिने उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!