सालिकराम आत्महत्याको मुख्य कारण एक 'गोप्य सामग्री' !

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौँ | पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको बिषयमा बिभिन्न अड्कलबाजी गरिएका छन् । यसैबीच मृतक पुडासैनीले अस्मिता कार्कीलाई आत्महत्या अघि लेखेको केहि फेसबुक म्यासेजले घटनालाई थप रहस्यमय बनाएको छ । 

घटनाको ६ दिनदेखि चितवनमा अनुसन्धान तथा सोधपुछ जारी रहेको अवस्थामा सालिकले किन आत्महत्या गरे भन्ने बिषयमा फरक खालका टिका-टिप्पणीहरु भईरहेको छ । मर्नु अघि भएको बिभिन्न घटनाले पुडासैनीलाई आत्महत्याको बाटोसम्म डोर्याएको प्रारम्भिक अनुमान छ । त्यसको प्रमाण स्वरूप केहि फेसबुक म्यासेजहरु सामाजिक संजालमा भेटिएका छन् । जुन पुडासैनीकि श्रीमती सम्झना, अस्मिता कार्की, पुडासैनीले बहिनि सम्बोधन गरेका पात्र र पुडासैनी आफै रहेका छन् । 

सार्वजनिक भएका फेसबुक म्यासेन्जरका स्क्रिनसट अस्मिता कार्की मार्फत सार्वजनिक भएको बुझिएको छ । जस मध्ये कतिपय म्यासेज न्युज २४ ले सार्वजनिक गरिसकेको छ । त्यसमध्ये एक म्यासेजमा एउटा त्यस्तो अवस्था छ जसमा पत्रकार पुडासैनीले अस्मिता कार्कीलाई कुनै भिडियो वा तश्वीर सामग्री हटाउन भन्दै अनुनय बिनय गरेका छन् ।

उनले अस्मिता कार्कीलाई गरेको म्यासेज हेर्नुहोस्: 


म्यासेज अनुसार अनुमान गर्दा पुडासैनीको बेइज्जत हुने खालको कुनै तश्वीर वा भिडियो अस्मिता कार्कीसंग रहेको र उक्त पोष्ट हटाउन पुडासैनीले आग्रह गरेको बुझिन्छ । उक्त सामग्री गोप्य र आफ्नो बेइज्जत हुने खालको रहेको कारणले पुडासैनीले हटाउन भनेको तर कार्कीले नमानेको वा त्यसै सामग्रीको आधारमा पुडासैनीलाई बलात्कारको आरोप लगाउन खोजिएको आशंका गर्न सकिन्छ । उनले अर्को म्यासेजमा आफूले सहमतिमै सेक्स गरेको भए पनि रेप भन्दै फसाउन खोजिएको भन्दै लेखिएको म्यासेजले पनि उक्त कुरा प्रमाणित गर्न सहयोग गर्छ । प्रहरीले अनुसन्धानको लागि आरोपीहरुलाई पक्राउ गर्नु अगावै फेसबुकमा सालिकरामले गरेका च्याटहरु सार्वजनिक भएका थिए ।  

त्यसै सामग्रीले पुडासैनीलाई आत्महत्याको मोडमा पुर्याएको हुनसक्ने अनुमान लगाउन सकिने आधारहरु छन् । त्यसै सामग्रीले आफू फस्न सक्ने बुझेपछि तनाबमा पुडासैनीले आत्महत्या गरेको हुनसक्ने बुझिएको छ । पुडासैनीले आत्महत्या गर्नु अघि घटनाकै दिन बिहान ८:१४ र ९:२८ बजे रुकु कार्की (अस्मिता) लाई लेखेको म्यासेज तल हेर्न सक्नुहुनेछ, जसमा आफू मर्नुको बिकल्प नभएको उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!