आजदेखि न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ, कसरी प्रयोग गर्ने ? शुल्क कति तिर्ने ?

Posted on: 16 Jun, 2019

असार १, काठमाडौं | न्युरोड क्षेत्रमा तपाइँले पार्कीङमा समस्या भोग्नु भएको छ ? त्यसो भए अब तपाईलाई केहि सहज हुनेछ । आज काठमाडौँका मेयर बिद्या शुन्दर शाक्यले न्युरोडका बिभिन्न ५ स्थानमा स्मार्ट पार्किङको उद्घाटन गर्दैछन् । स्मार्ट पार्कीङको लागि न्युरोडको रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजार, धर्मपथ, खिचापोखरी र पाकोमा स्मार्ट पार्किङ सेवा उपलब्ध हुनेछ ।

कसरी प्रयोग गर्न सकिन्छ ?

स्मार्ट पार्किङका लागि महानगरको साझेदार कम्पनी ह्विल्स ट्युलीसँग छ । तोकिएका स्थानहरुमा दुइ पांग्रे तथा चार पांग्रे सवारी साधनहरुले पार्किङ गर्न सक्छन् । कम्पनीले मोबाइल एप्स मार्फत पार्किङ गर्ने सुविधा समेत दिएको छ । जसको लागि ‘Park Ktm’मोबाइल एप डाउनलोड गर्ने र कहाँ-कहाँ स्पेस छ, घरमै बसेर तोकिएका स्थानमा १५ मिनेट अघि पार्किङ बुकिङ गर्न सकिनेछ । पार्कीङ बुक गर्नेहरुले  ‘पोस’ नामक मेसिनबाट पार्कीङ शुल्क तिर्न सक्नेछन् ।


स्मार्ट पार्कीङ नेपालको लागि पहिलो अनुभव हो । प्रभावकारी भए अन्य स्थानमा पनि पार्कीङ सिस्टम सुरु गरिने बताइएको छ । बिशेषगरि पार्कीङ निषेधित तथा सवारी चाप भएका स्थानहरुमा यो खाले सेवाले उपभोक्तालाई निकै सहज बनाईदिन्छ । न्युरोड क्षेत्रमा पार्कीङको ठूलो समस्या भएपछि यस बिषयमा धेरैको चासो छ । 

पार्कीङको लागि आफ्नो मोबाइलमा ‘Park Ktm’भन्ने एप डाउनलोड गर्न सकिन्छ । एप खुलेपछि दुई पांग्रे हो कि चार पांग्रे हो छान्नु पर्छ । त्यसमा हाल ४ स्थानको पार्कीङ बुक गर्न सकिने सुविधा छ । त्यसमा कुन स्थानमा कति पार्कीङ स्पेस छ थाहा पाउन सकिन्छ । यदी पार्कीङ स्पेस छ भने त्यसमा क्लिक गरेपछि 'बुकीङ पेज' खुल्छ । त्यसमा 'कन्फर्म बुकीङ' भन्नेमा क्लिक गरेपछि हाललाई त्यस स्थानको फोन नम्बर देखिन्छ  । त्यसै नम्बरमा फोन सम्पर्क गरि बुक गर्न सकिन्छ र १५ मिनेटभीत्र आफ्नो बुकीङ स्थानमा पुगेर पार्कीङ गर्न सकिन्छ ।

शुल्क कति तिर्ने ? 

स्मार्ट पार्कीङमा दुई पांग्रे सवारी भए कर बाहेक प्रतिघण्टा २० रुपयाँ तिर्नुपर्नेछ भने चार पांग्रे सवारी साधनले प्रति घण्टा करबाहेक ६० रुपैयाँ तिर्नु पर्नेछ । यो सेवा गत वैशाखदेखिनै सुरु हुने भनिएपनि बिबिध कारण असार १ गतेदेखि सुरु हुने भएको हो । यस अघि पार्कीङ खोज्दै घुम्नुपर्ने स्थिति थियो भने अब मोबाइल एप्सबाट कुन स्थानमा पार्कीङ छ हेरेर जान सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!