झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा पत्रकार खनाल पक्राउ

Posted on: 21 Mar, 2019

चैत ७, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । “अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ”, प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो । अभियुक्त खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!