गृहमन्त्री रामबहादुर थापाको सांसद र मन्त्री पद गुम्यो

Posted on: 18 Apr, 2021

बैशाख ५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद खारेज भएको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आइतबार राष्ट्रिय सभा सचिवालयले उनको सांसद पद खारेज भएको सूचना जारी गरेको हो ।

एमाले प्रवेश गरेपछि थापालाई माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरेको थियो । थापाको पद गुमेपछि अब उनले पुन: मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्छ। यसअघि माओवादी केन्द्रले एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । 

सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि पुनः मन्त्री बनाएका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!