स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय

Posted on: 01 Mar, 2021

फागुन १७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बसे पार्टी सचिवालय बैठकले स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टीको आधिकारिकताको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको लागि निर्वाचन आयोगलाई अनुरोध गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै नेकपा विभाजित बनेको थियो । सर्वोच्च अदालतले सरकारको उक्त निर्णय खारेज गरेपछि संसद पुनर्स्थापना भएको छ । प्रचण्ड-नेपाल समूहले नेकपाका बहुमत संसद र केन्द्रिय सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएका छन् भने ओलीले आफूसँग रहेको दाबि गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!