प्रधानमन्त्रीको निजी चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

Posted on: 26 Sep, 2020

असोज १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएकि हुन् । 

उनले आफूलाई तीन/चार दिनअघिदेखि हल्का ज्वरो आएको तथा खोकी लागेको बताएकी छन् । शुक्रबार पिसिआर परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको उनले बताएकी छन् ।

डा. शाहको अनुसार उनमा अन्य कुनै लक्षण देखिएको छैन।  कोरोना पोजेटिभ देखिएपछि उनि अहिले होम आइसोलेशनमा बसिरहेकि छन् । डा. साह वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!