'बाई-बाई कुलमान ब्रो'

Posted on: 15 Sep, 2020

तिमी अँधेरोमा आयौ, उज्यालो बनाएर गयौ

तिमी अन्जानमा आयौ, पहिचान सजाएर गयौ ||

सम्झिरहन्छु म तिम्रो सत्कर्मको यात्रा

नेपालीको मनैभरी सुनौलो नाम रचाएर गयौ ||

तिमी आउँदा मेरो देश कालो अन्धकार थियो

जाँदा-जाँदै देशै भरी उज्यालो दिप जलाएर गयौ ||

को छैन होला तिम्रो विदाईमा नरुनेहरु यहाँ

भित्री मनमा जे भए नी तिमी रमाएर गयौ ||

भोली तिम्रो अभावमा त्यो कालो देख्न नपरोस्

नचाँहादा नचाहाँदै आँखाभरी तिमी रसाएर गयौ ||

- लिला बल्लभ नेपाल, बिराटनगर

यस बिषयमा तपाइको प्रतिक्रिया...!