मदन पुरस्कारका लागि सात कृति छनोटमा

Posted on: 10 Jul, 2019

असार २५, काठमाडौँ  | मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’,बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,कुमार नगरकोटीको ‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ’,महेश थापाको ‘मरीचिका’,योगेशराजको ‘रणहार’र ध्रुव सापकोटाको ‘विचारको लाश’छन् । 

पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!