आफूमाथि कुटपिट भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

Posted on: 02 Feb, 2021

माघ २०, काठमाडौँ। अभिनेत्री सुष्मा कार्कीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले बताए। उनले आरती खड्का र उत्सव रसाइलीले गालीगलौज गरेको आरोप लगाएकी छन् । दुबै पक्षलाई छलफलका लागि बोलाइएको पौडेलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!