अमिताभ-अभिषेकलाई कोरोना: ऐश्वर्या राय-जया बच्चनमा नेगेटिभ

Posted on: 12 Jul, 2020

असार २८, काठमाडौँ | अमिताभ बच्चन र अभिषेक बच्चन मुंबईको नानावती अस्पतालमा भर्ना भएका छन् । उनीहरु दुवैमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो । तर ऐश्वर्या राय बच्चन र जया बच्चनमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । 

अमिताभ बच्चनमा कोरोना पोजेटिभ भेटिएपछि उनको सबै परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको छ । यस क्रममा छोरा अभिषेकमा कोरोना पोजेटिभ देखिएको थियो । अन्य सदस्य र स्टाफहरुको रिपोर्ट भने आउन बाँकी रहेको छ । 

अभिषेक बच्चनको बारेमा कुरा गर्ने हो भने उनको डेब्यू वेब सीरीज ब्रीद इंटू द स्याडोज १० जुलाईमा रिलीज भएको छ । पछिल्लो केहि दिनमा अभिषेक यस वेब सीरीज डबिङ गर्न स्टूडियो जाने तयारीमा थिए । 

अभिषेक र अमिताभ बच्चन दुवैले आफूहरुमा कोरोना संक्रमण भेटिएको बारेमा सामाजिक संजाल मार्फत जानकारी समेत गराएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!