बलिउड अभिनेताहरु अमिताभ र अभिषेक बच्चनमा कोरोना पुष्टि, मुंबईको नानावती अस्पतालमा भर्ना

Posted on: 12 Jul, 2020

असार २८, काठमाडौँ | बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको पुष्टि बच्चनको आफ्नै आधिकारिक ट्वीटर र फेसबुक मार्फत बच्चन आफैले जानकारी गराएका छन् । ७७ वर्षका बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । यस सम्बन्धमा भारतीय संचार मध्यमहरुले समाचार लेखेका छन् । 

बच्चनले सामाजिक संजालबाट आफ्ना समर्थकहरुलाई जानकारी गराउदै लेखेका छन् - 'आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ ।' 


बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसंगै उनको परिवार तथा पछिल्लो १० दिनमा बच्चनसँग जोडिएका अन्यको कोरोना टेस्ट गर्न बच्चनले आग्रह गरेका थिए ।  त्यस क्रममा अमिताभका छोरा अभिषेक बच्चन समेत कोरोना संक्रमित भएका छन् । छोरा अभिषेकलाई पनि मुम्बईको नानावती अस्पतालमै भर्ना गरिएको छ । 

अभिषेक बच्चनले पनि आफूमा कोरोना संक्रमित भएको जानकारी ट्वीट गरेर जानकारी गराएका छन् । अभिषेकले आफ्नो ट्वीटरमा लेखका छन् 'मलाई र मेरो बुबालाई आज कोरोना पोजिटिभ भेटिएको छ । हामी दुवैलाई हल्का लक्षण देखिएको थियो, र हामी अस्पतालमा भर्ना भएका छौं । हाम्रो परिवार र बाँकी स्टाफहरुको परीक्षण गरिदैछ । म सबैलाई निवेदन गर्दछु कि धैर्य रहनुहोस र दु:खित नहुनुहोस् । धन्यवाद ।' 


कयौं प्रोजेक्ट र KBC12 को चल्दै थियो तयारी

अस्पताल स्रोतले बताए अनुसार अमिताभ बच्चनको स्वास्थ्य अवस्था ठीक छ । अमिताभले अहिले कयौं प्रोजेक्टहरु लिएका छन् । जो उनले पुरा गर्नु पर्नेछ । अमिताभका आउन लागेका फिल्महरुमा चेहरे, ब्रह्मास्त्र, बटरफ्लाई, झुंड र Uyarndha Manithan रहेका छन् । 

यसको अलावा अमिताभले चर्चित सो कौन बनेगा करोडपति (KBC12) को शूटिङ पनि गर्दै थिए । उनले  KBC12 को प्रोमो भिडियो शूट गरिसकेका थिए र इपिसोडको शूटिङको तयारी गर्दै थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!