भद्रगोलका कलाकार ‘विलासे’लाई कोरोना संक्रमण

Posted on: 30 Apr, 2020

वैशाख १८, काठमाडौँ | चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चा कमाएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए ।

सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!