बिहे नगरी आमा बनिन नायिका कल्की

Posted on: 12 Feb, 2020

माघ २९, एजेन्सी | बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन् | उनी गायक हर्षबर्गसँग प्रेममा  भएपनि दुवैको विहे भने भएको छैन | विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको  बताएकी छिन् |

३६ वर्षकी उनले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन् | उनको पहिलो विवाह चर्चित फिल्म निर्माता अनुराग कश्यपसँग भएको थियो | दुवैले सन् २०११ मा विवाह गरेका थिए। तर त्यो सम्बन्ध लामो समयसम्म चल्न सकेन |

चार वर्षमै दुवैको सम्बन्ध टुट्यो | २०१५ मा दुवै कानुनी रुपमै अलग भएका थिए | उनी एक बर्ष अगाडि  पियानोइस्ट हर्षबर्गको प्रेममा परेकी थिइन् | त्यसपछि उनले आफु गर्भवती भएको सार्वजनिक गरिन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!