फिल्म निर्मातासँग शारीरिक सम्बन्ध राख्न नमान्दा...

Posted on: 05 Dec, 2019

मुम्बई/एजेन्सी | बलिउड अभिनेत्री नरगिस फाखरीले बलिउडमा चलचित्र निर्देशकहरुले भनेको नमान्दा अहिलेसम्म आफूले फिल्ममा शिर्ष भूमिका नपाएको खुलाशा गरेकी छन् । 

केहि समयदेखि फुर्सदमा रहेकी फाखरीले एक अन्तर्वार्ताको क्रममा बलिउडमा हुने कास्टिङ क्राउचकै कारणले आफू पछि परेकी बताएकी हुन् । उनले बलिउडमा प्रवेश गरेका केहि पुर्ब पोर्न स्टारहरुको कारण पनि आफूले चलचित्रमा मुख्य भूमिका नपाएको बताएकी छन् । निर्देशकहरु पोर्न स्टार हिरोइनहरु तर्फ आकर्षित भएको र उनीहरुलाईनै चलचित्रमा लिईरहेको उनले बताइन् । 

अभिनेत्री फाखरीले फिल्म रकबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनलाई थुप्रै फिल्मको अफर गरिएको भएपनि निर्देशकहरुले यौन सम्बन्धको दवाव दिएको कारण आफूले त्यस्ता फिल्म खेल्न अस्वीकार गरेको आरोप लगाएकी छन् । उनको अनुसार उनले शारीरिक सम्बन्ध राख्न नमानेर छाडेकै कतिपय फिल्महरु हिट भएका छन् । 

अन्तर्वार्ताका क्रममा फाखरीले त्यस्ता फिल्ममा अन्य नायिकालाई पनि आफूलाई जस्तै शारीरिक सम्बन्धबाट खुसि पारे/पारेनन् आफूले भन्न नसक्ने बताएकी छन् । उनले निर्देशकहरुको प्रस्तावलाई आफूले वास्ता नै नगरेको र फिल्ममा चासो नदेखाएको बताएकी छन् । उनले आगामी दिनमा पनि त्यस्तो प्रस्ताव सहितको चलचित्रमा नखेल्ने बताएकी छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!