शिल्पा र छविलाई बहुविवाह मुद्धामा पक्राउ गर्न पुर्जी जारी

Posted on: 24 Jul, 2019

साउन ८, काठमाडौं | काठमाडौं  जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि  काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

छवि र शिल्पाबिरुद्ध बहुबिबाहको मुद्धा छवीकी जेठी श्रीमतीले दर्ता गराएकी थिइन् । छवि र शिल्पाले केही महिना अघिमात्र विवाह दर्ता गरेका थिए । 

केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी दिएपछि यो जोडी सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा दैनिक समाचारका स्रोत बनेका थिए । शिल्पा र छविबीच प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया अगाडी बढाएकी थिइन् ।

छवि र उनकी जेठी श्रीमती हेमाको ३५ वर्षअघि विवाह भएको थियो । श्रीमानसँग अंश लिएपनि संयुक्त परिवारमा बस्दै आएको भन्दै आफूले सम्बन्ध विच्छेद नगरेको हेमाको दावी छ । हेमाबाट अलग्गै बस्न थालेपछि छविले दोस्रो विवाह गितान्जली सुनुवारसँग गरेका थिए, सुनुवारले आत्महत्या गरेपछी तेश्रो श्रीमतीको रुपमा नायिका रेखा थापासंग छविले विवाह गरेका थिए ।  छवि र रेखाको सम्बन्ध १२ बर्षसम्म चलेको थियो ।

माथिका तश्वीरहरुमा: पहिलो तश्वीर (छाविकी जेठी श्रीमती हेमा) दोश्रो तश्विरमा क्रमश छवीराज ओझा, रेखा थापा र शिल्पा पोखरेल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!