डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने

Posted on: 17 Jul, 2019

साउन १, काठमाडौँ | मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो । कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक पनि गरिएको थियो। 


चलचित्र घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिज ले केक काटेको थियो । डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।


विजेता गिरीको प्रस्तुति रहने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन । चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन् । चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाइ पवन गौतमले छायांकन गर्नेछन् । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। चलचित्र नेपाली भोजपुरी र हिन्दि भाषामा बन्ने छ चलचित्रको लागत अहिलेलाइ डेढ करोड अनुमान गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!