बिहारको जुनियर इञ्जिनियर पदको परीक्षा सनी लियोनीले टपिन् !

Posted on: 21 Feb, 2019

फागुन ९, काठमाडौं । भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङ परीक्षमा ‘सनी लियोनी’ ले टप गरेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् ।


विभागमा आवेदन दिने १७ हजार आवेदकमध्ये ‘सनी लियोनी’ नाम गरेकी आवेदकले डिप्लोमामा प्राप्त गरेको अंकका आधारमा उनलाई शीर्ष स्थानमा राखिएको हो ।

तर विभागले सनी लियोनी नाम गरेको आवेदक सही हो कि नक्कली हो भनेर शैक्षिक प्रमाणपत्रहरु भेरिफिकेसनपश्चात मात्रै पत्ता लाग्ने बताएको छ । जन्ममिति मे १३, १९९१ उल्लेख गरिएको सनी लियोनीले डिप्लोमामा ९८.५० प्रतिशत हासिल गरेको प्रमाणपत्र उल्लेख गरेको विभागका सहसचिव अशोक कुमारले बताएका छन् । 

सामाजिक सञ्जालमा समाचार भाइरल बनेसँगै अभिनेत्री सनी लियोनीले ट्वीट गर्दै रमाइलो गरेकी छिन् । उनी लेख्छिन्, हाहा, म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अंक हासिल गरेकी छिन् ।’


बिहार लोक स्वास्थ्य अभियन्त्रण विभागले भने यदि आवेदक नक्कली निस्किए कारबाही गर्ने बताएको छ । अनलाइन आवेदनको दुरुपयोग गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने विभागले जनाएको छ । परीक्षामा तेस्राे स्थान हासिल गर्नेको नाम bvxzbnnb भएकाले पनि कतिपय आवेदन नक्कली हाे कि भन्ने आशंका गरिएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!