भिजिट भिसामा गएकाहरुले २१ अप्रिलसम्ममा नेपाल फर्कनुपर्ने

Posted on: 17 Apr, 2021

वैशाख ४, काठमाडौँ। भिजिट भिसामा गई स्वदेश नफर्किएका नेपालीहरुले २१ अप्रिलसम्म मलेसिया छाड्नु पर्ने भएको छ। मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकाहरुलाई २१ अप्रिल अथात् आगामी बुधबारसम्म देश छोड्न आदेश दिएको छ । 

भिजिट भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाहरुले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेश्रो मुलुक गइसक्नुपर्ने छ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेहरुले मलेसियाको कडा अध्यगमन नियमानुसार कारवाही भोग्नुपर्ने छ । मलेसियाले भ्रमणमा जाने विदेशीलाई शुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भिजिटभिसामा गएका विदेशीहरु स्वदेश नफर्किनेको संख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको हो ।

उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेहरुलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेहरुलाई भने धेरै जरिवाना तिराउन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसिया स्थित नेपाली दूतावासले पासपोर्ट नभएकाहरुले दूतावासमा आई ३ सय ६० रिंगिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ । मलेसियामा सामान्यतयाः एकचोटी इलिगल बसेको विदेशी नागरिक पाँच वर्षसम्म फर्किन र मलेसिया जान नपाउने व्यवस्था छ । 

मलेसियामा हाल आवगमन नियन्त्रण आदेश लागू भएको छ । एउटा राज्यबाट अर्को राज्यमा जान त्यहाँको प्रहरीको लिखित आदेश पाउनुपर्छ । तर गैरकानूनी रुपमा बसीरहेका नेपालीहरु पक्राउ पर्ने डरले प्रहरीको आँखा छलेर बस्ने गरेका छन् । कतिपय नेपाली सूचना नपाएर पनि अलमलिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!