युएईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 17 Jan, 2021

माघ २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानी बनाउन आउँदा पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको छ। आइतबार सूचना जारी गर्दै राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको हो । 

सेवाग्राहीहरूले राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितकोआवेदन फाराम (Application Form) को पिन्ट कपि लिएर मात्रै प्रत्यक्ष-नामांकन (डिजिटल हस्ताक्षर, थम्बप्रिन्ट र फोटो)को लागि राजदूतावासमा उपस्थित हुन् भनेको छ ।

फारम भर्नको लागि यो लिंकमा https://online.nepalpassport.gov.np/PreEnrollment/home.htmक्लिक गर्नुहोस । उक्त फारम भर्ने तरिकाबारे थाहा पाउँन यो https://nepalpassport.gov.np/.../2016/07/Online-Pre-1.pdf लिंकमा क्लिक गर्नुहोस । 

यसरी भर्नुहोस् फारम :






यस बिषयमा तपाइको प्रतिक्रिया...!