कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on: 23 Sep, 2020

असोज ७, काठमाडौं । गन्तव्य मुलुकको संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा भेला भएर उच्छिृंखल र असामाजिक गतिविधि नगर्न कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ती प्रकाशित गर्दै विगत केहि सातायता कतारमा रहेका नेपाली समुदायका केहि व्यक्तिले त्यस्तो गरिरहेको पाइएको भन्दै यसमा सजग गराएको हो ।

कतारको प्रमुख आकर्षणको रुपमा रहेका कोर्निस लगायतका सार्वजनिक स्थानमा विशेषगरी सप्ताहन्त (शुक्रवार) भेला भई अमर्यादित, उच्छिृंखल र असामाजिक रुपले प्रस्तुत हुने र झैझगडा गर्ने काम नगर्न दूतावासले सचेत गराएको हो । यस्तो गतिविधिमा संलग्न हुने व्यक्ति स्वयंले कानून बमोजिम कारवाहीको भागिदार हुनुपर्ने भन्दै दूतावासले यस्ता घटनाले नेपाली समाज र नेपालकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने ठहर गरेको छ ।

आगामी दिनमा त्यस्ता कृयाकलापहरु जारी रहेको पाइएमा कतारको स्थानिय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्न व्यक्तिहरुलाई स्थानीय कानून बमोजिम कारवाहीका लागि अनुरोध गर्न बाध्य हुने राजदूतावासले चेतावनी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!