प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले बुझायो सरकारलाई चारबुँदे ज्ञापनपत्र

Posted on: 09 Jul, 2020

असार २५, काठमाडौँ | प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च, नेपालले आज उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटी बिभिन्न चार बुंदे ज्ञापनपत्र बुझाएको छ । साथै मंचले व्यवसायीक सामाजिक उत्तरदायित्व  (सिएसआर) अन्तर्गत व्यवसायीहरुबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि सङ्कलित ३५ लाख भन्दा बढी रकम समेत हस्तान्तरण गरेको छ । 


उक्त आर्थिक सहयोग व्यवसायीहरु प्रेम कटुवाल, नरेश गेलाल लगायत समितिका सदस्य तथा वैदेशिक रोजगारका काम गर्नेहरुबाट संकलित भएको जानकारी दिईएको छ । उक्त आर्थिक सहयोग हस्तान्तरण गर्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले सहयोगीदाताहरुलाई धन्यवाद दिएको छ । 

साथै वैदेशिक रोजगार क्षेत्रमा कोभिड-१९  का कारण देखिएका समस्या समाधानार्थ ध्यानाकर्षण गराउदै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले सरकारलाई बिभिन्न चार बुंदे ज्ञापनपत्र समेत पेश गरेको छ ।


मंचले बुझाएको ज्ञापनपत्रमा वैदेशिक रोजगार व्यवसायमा ८५३ इजाजतपत्र प्राप्त संस्था क्रियशिल रहेको र यस क्षेत्रमा १२ हजारभन्दा बढी कर्मचारी आश्रित रहेको भन्दै यस व्यवसायले होटल, रेष्टुरेन्ट, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तथा सीपमुलक तालिम प्रदायक संस्था र विमा कम्पनीहरु चलायमान गराएको तर हाल कोरोना महामारीको कारण आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको सरकारलाई ध्यानाकर्षण गराएको छ । 

मंचले वार्षिक १०० जना कामदार अनिवार्य पठाउन पर्ने सम्बन्धमा, राहत स्वरूप निश्चित समयको लागि व्यवसायिक कर्जा दिने सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै मंचले बुझाएको ज्ञापनपत्रमा व्यवसायीहरुले सम्बन्धित अन्य व्यवसाय संचालन गर्न नपाउने सरकारी बन्देजका कारण नागरिकले स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने मौलिक हक प्रतिबन्धित भएकोले संसोधनको पहल गरिदिन र वैदेशिक रोजगारमा जाने युवाहरुसँग लिइने सेवा शुल्क वापतको रु. १०,०००/- अति न्यून भएको भन्दै श्रमिकको १ महिनाको तलव बराबरको सेवा शुल्क लिन पाउने व्यवस्थाको पहल गरिदिन समेत भनेको छ ।

यस्तो छ ज्ञापनपत्र:


यस बिषयमा तपाइको प्रतिक्रिया...!