यूएईमा अलपत्र नेपालीको अवस्था जटिल बन्दै, केही क्याम्पमा झडप (भिडियो सहित)

Posted on: 09 Jul, 2020

योगेन्द्र योगी | असार २५, दोहा | कोरोना महामारीको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था थप जटिल बन्दै गएको क्याम्पमा रहेका नेपालीहरुले बताएका छन् । 

भिडियोमा हेर्नुहोस् 


उनीहरुका अनुसार बिगत लामो समयदेखि काम बिहिन भएको कारण मानसिक तनाव सिर्जना हुन थालेको छ । कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको र ती कामदारहरु मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत काम बिहिन भएर कोठामै बस्न बाध्य छन् ।

यता, ट्रान्सगार्ड ग्रुप कम्पनीको तिजरा क्याम्पमा बुधबार साझा नेपाली कामदार र कम्पनी प्रशासन बीच झडप भएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिएका छन् । 


नेपाली कामदारले कित हामीलाई काम देउ होइन भने घर पठाऊ भन्दै कम्पनी प्रशासन कहाँ पुगेपछि झडप भएको थियो । उनीहरुका अनुसार नेपाली कामदारहरु मात्र भएको कारण कम्पनीले पनि बेवास्था गरेको जनाएका छन् ।

झडप लगतै कम्पनीको मेनेजर आएर नेपालको फ्लाइट खुलेको छैन, ईन्डियाको फ्लाइट खुलेको छ बरु इन्डिया पठाउन सक्छौ भनेपछि नेपालीहरु थप आक्रोसित बनेका उनीहरु बताउछन् । 

उनीहरु कम्पनीको एचआरमा गएर बुझ्दा हामीले २ हजार ४ सय ७९ जना नेपालीको नामावली यूएईस्थित नेपाली दूतावासमा बुझाई सकेका छौ बांकी काम दूतावासले गर्छ कम्पनीको भनाइ उदृत गर्दै एक नेपालीले भने । 

केहिदिन अगाडी यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र भन्ने समाचार बाहिरी संगै कम्पनीले विशेष ध्यान दिएको काभ्रेका जयराम नेपालले बताए । 

समाचार बाहिरीएपछि दूतावासले पनि ट्रान्सगार्ड कम्पनीले आफ्ना श्रमिकलाई आफ्नै खर्चमा  छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको र दूतावासमा श्रमिकको नामसमेत परराष्ट्र मन्त्रालयमा पठाइसकेको दूतावासले जानकारी गराएको उनीहरु बताउछन् ।

कम्पनीले दूतावासमालाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने भनेर नामावली पठाए पनि दूतावासबाट कुनै अनुमती नआएको क्याम्प ब्याबस्थापनले जनाएको छ ।

नेपाल सरकार र नेपाली दूतावासकै कारण आफूहरुको उद्दारमा ढिलाई भैरहेको उनीहरुको भनाइ रहेको छ । ट्रान्सगार्ड ग्रुप यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । विभिन्न क्षेत्रमा गरि यूएईमा करिव ३ लाख ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!