सुकेधारा र अनामनगरमा विस्फोट, ६ जना घाइते

Posted on: 26 May, 2019

जेठ १२, काठमाडौं । सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा ६ जना घाइते भएका छन् ।

सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । यस्तै अनामनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!