एक बर्ष नपुग्दै 'बैदेशिक रोजगार' एप १ लाख बढीले डाउनलोड गरे, के-के छन् सुविधा ?

Posted on: 19 Apr, 2019

वैशाख ६, काठमाडौँ | बैदेशिक रोजगारीमा रहेका तथा जान चाहने युवाहरुलाई लक्षित गरि २०७५ जेठ १० गते सार्वजनिक गरिएको 'बैदेशिक रोजगार' एप हरेक महिना १० हजार भन्दा बढीले डाउनलोड गर्ने गरेका छन् । ११ महिना नपुग्दै यो एप १ लाख ८ हजार डाउनलोड भईसकेको छ । बैदेशिक रोजगारमा सूचना दिने लक्ष्य सहित साझा सबाल मिडियाले यो एप सार्वजनिक गरेको हो ।

आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा लन्च गरिएको यो एप अर्को बार्षिक उत्सव अगावै १ लाख भन्दा बढी स्मार्टफोनमा डाउनलोड भएकोमा साझा सबाल मिडियाका सहसम्पादक मनोज पराजुलीले खुसि व्यक्त गरे । पछिल्लो समय यो एपको प्रयोग बैदेशिक रोजगारीमा जानेहरुले अत्याधिक मात्रामा गर्ने गरेका छन् । आफ्नै हातमा बैदेशिक रोजगारी सम्बन्धि सूचना तथा दैनिक समाचारहरु पाउने भए पछी यो एपको प्रयोगमा युवाहरु आकर्षित भएका हुन् । बैदेशिक रोजगारीको सूचना मात्र नभई sajhasabal.com मा अपडेट हुने हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु प्रयोगकर्ताले एपबाट हेर्ने गरेका छन् । यो एपलाई प्रयोगकर्ताहरुले ५ मा ४.६ रेटीङ दिएका छन् ।


यस सम्बन्धमा साझा सबाल मिडियाका सह-सम्पादक पराजुलीले यो एप मासिक १० हजार भन्दा बढी नेपालीले आफ्नो मोबाइलमा डाउनलोड गर्दै आएको बताए । सुरुवाती चरणदेखिनै गुगल प्ले स्टोरमा ट्रेन्डीङमा रहेको यो मोबाइल एपमा बैदेशिक रोजगारीका महत्वपूर्ण जानकारीहरु, दुतावासबारे जानकारी, बैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको जानकारी, दैनिक बैदेशिक रोजगारका डीमाण्डहरु, रोजगार सम्बन्धि समाचारहरु, श्रम स्वीकृति तथा विज्ञापन पुर्वस्वीकृतिबारे जानकारीहरु पाउन सकिन्छ । 

बैदेशिक रोजगार एपलाई थप चुस्त दुरुस्त बनाउन र दिईएका सूचनाहरु थप विश्वसनीय बनाउनको लागि साथै म्यानपावर कम्पनीहरुलाई एजेन्टमा भन्दा बढी यो एपको सेवामा केन्द्रित बनाउने कोसिस भएको साझा सबालले जनाएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीले यो एपबाट सूचना मात्र पाउँदैनन् दैनिक फोन तथा इमेलबाट बैदेशिक रोजगारी सम्बन्धि बिबिध जानकारी पनि लिने गरेका छन् । २०७६ भदौ १९ गते पछि म्यानपावरको शंख्या अहिलेको तुलनामा आधा भन्दा बढी घट्ने र सरकारले कानुनी रुपमा एजेन्टको व्यवस्था समेत खारेज गरेकाले त्यसपछि यो एप थप सक्रिय हुने साझा सबालको विश्वास छ । 'यो एप अझै थप स-शक्त हुन्छ । धेरै म्यानपावर हुँदा समस्या धेरै थियो, एजेन्टहरुले समेत म्यानपावर चलाईरहेका थिए तर अब त्यो नियन्त्रित हुनेछ साथै अब म्यानपावरको शंख्या पनि कम हुने हुँदा कम्पनीहरुको जानकारी दिन हामीलाई थप सहज हुनेछ' पराजुलीले भने । 

एजेन्टका कारण म्यानपावर व्यवसाय थप बदनाम भएको अवस्थामा यो एपले म्यानपावर र बैदेशिक रोजगारीमा जाने कामदारलाई पुलको काम गरेको साझा सबाल मिडियाको दावी छ । बैदेशिक रोजगारीमा आएको डिमाण्ड म्यानपावर कम्पनी आफैले अपडेट गर्ने र सो जानकारी हेरेर बैदेशिक रोजगारीमा जान चाहने कामदारले सिधा म्यानपावर कम्पनीमा सम्पर्क गर्न सक्ने वा अनलाइनबाटै आवेदन दिन सक्ने यो एपमा सुविधा छ । 'व्यवहारिक रुपमै म्यानपावरले यो एप प्रयोग गर्ने हो भने हामी अझै सजिलो बनाउने योजनामा छौं' पराजुलीले भने । उनले भने 'यो एपमा डिमाण्ड हालेपछि एजेन्टको आवश्यकतानै पर्दैन, एजेन्ट नहुने हो भने विदेश जाने कामदारले अहिले जस्तो मोटो रकम तिर्नु पर्दैन साथै विदेश जाने कामदारले पनि आफै सबै कुरा बुझेर बैदेशिक रोजगारीमा जान सक्छ ।' 

एप मार्फत आए १५०० भन्दा बढी गुनाशा 

'बैदेशिक रोजगार' एप मार्फत पछिल्लो ८ महिनामा झन्डै १५०० भन्दा बढी गुनाशा आएका छन् । त्यसरी आउने ७० प्रतिशत भन्दा बढी गुनाशा एजेन्टसँग जोडीने गरेका छन् । एप मार्फत एजेन्ट तथा म्यानपावरबाट ठगि भएको देखि बैदेशिक रोजगारीका बिभिन्न जिज्ञाशाहरु आउने गरेका छन् । दैनिक फोन मार्फत पनि साझा सबाल मिडियाले कामदारहरुको गुनाशोको समाधान गर्ने गरेको छ । 'एउटा प्राइभेट कम्पनी भएकाले हामीले दिन सक्ने र मिल्नेसम्मका सूचना आफै दिन्छौं अन्यथा सरकारी अधिकारी वा बैदेशिक रोजगार बिभागसँग सहयोग लिन्छौं वा सुझाव दिएर बिभागमै पठाउछौं' पराजुलीले भने । 

पछील्लो पटक यस मोबाइल एप्समा ६१ भन्दा बढी म्यानपावर कम्पनीले आधिकारिक रुपमा आवद्ध भई आफूलाई आवश्यक पर्ने कामदारहरु अनलाइनबाट पनि लिन थालेका छन् । जसमा १९ हजार भन्दा बढीले सिधै म्यानपावरमा आफुलाई मन परेको डिमाण्ड अनलाइन मार्फतनै अप्लाई गरेका छन् । यस एपमा सिधै म्यानपावर कम्पनीले आफूलाई कामदार चाहिएमा डिमाण्ड राख्न सक्ने र अनलाइनबाट सिधै कामदारले Apply गरेको विवारण म्यानपावरलाई प्राप्त भए अनुसार कामदार छनोट गर्न सक्ने सुविधा छ । यो एपले विशेष गरि बैदेशिक रोजगारीमा जान चाहेका युवाहरुलाई विशेष सहयोग गरेको छ, एपमा म्यानपावरले अपडेट गर्ने डिमाण्डहरु दैनिक आफ्नै मोबाइलमा हेर्न, बुझ्न र आफ्नो सिप अनुसार को डिमाण्ड छानेर सिधै Apply वा म्यानपावर कम्पनीमा कुनै एजेन्टको सहयोग बिनै सिधा सम्पर्क गर्न सक्छ । 

यो एपको सुविधा आवेदन दिएकाहरुले सिधै म्यानपावर कम्पनीसंग डिल गर्ने हुँदा बीचका बिचौलियाहरुले वैदेशिक रोजगारीका नाममा कामदारलाई ठग्ने सम्भावनानै रहन्न । बैदेशिक रोजगारीको डिमाण्डहरुमा बिचौलियाहरुले भए-नभएको सुविधा र प्रलोभन देखाई युवाहरुलाई ठग्दै आएको अवस्थामा यो एपको प्रयोग बैदेशिक रोजगारीमा जान चाहने कामदारको लागि महत्वपूर्ण रहेको साझा सबालका सम्पादक अनिल अधिकारीले बताए । उनले भने 'बैदेशिक रोजगारी नेपालीको बाध्यता हो, अझै केहि बर्ष बैदेशिक रोजगारीको क्रम चल्ने भएकाले त्यसलाई थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हाम्रो लक्ष्य हो । यो एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापन सहजै छान्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गरि बैदेशिक रोजगारीमा जान निकै सहयोगी पुर्याउँछ ।' अधिकारीले भने 'हामी अझै थप सुविधा दिन चाहन्छौं तर म्यानपावरले यसको उपयोग गरोस् ।' यो एप प्रयोग गर्न जान्ने हो र बैदेशिक रोजगारीमा हालसम्म भएको चर्को अशुली नियन्त्रणमा आउने हो भने यो एप सबै म्यानपावरको लागि निकै फाइदाजनक छ ।' 

जनतालाई सहजै सबै सूचनामा पहुँच पुगेपछि केहि ठगि खाने बानी परेका एजेन्ट तथा म्यानपावरहरुलाई यो एपले हतोत्साहित बनाएको सम्पादक अधिकारीको भनाई छ । उनले भने 'एक बर्ष नपुग्दै यो एप १ लाख भन्दा बढीले डाउनलोड गरेका छन् । यो एपको लक्षित ग्रुप बर्षेनी ३/४ लाख मात्र हो तर ११ महिनामै १ लाख भन्दा बढीले डाउनलोड गरेर यो एपको उपयोग गर्नु भनेको हाम्रो लक्ष्य भन्दा धेरै माथिको कुरा हो ।' सम्पादक अधिकारीले यो एपको अपडेटमा अझै धेरै कुरा आउन बाँकी रहेकोले बैदेशिक रोजगारीमा जानेहरु तथा पठाउनेहरुले यो एपलाई भरपुर उपयोग गर्न सक्ने बताए । 

बिशेषगरि यस एपमा देशगत रुपमा आफुलाई मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको डिमाण्डहरु, तलब, पद तथा कम्पनी अनुसार डिमाण्डहरु सजिलै छानेर हेर्न सकिन्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारी बारे ब्लगहरु पनि पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दरबारे पनि दैनिक जानकारी पाउन सकिन्छ । त्यसको अलावा यो एपबाट नेपाल सरकार बैदेशिक रोजगार बिभागले दिने विदेशबाट आउने मागपत्रको प्रमाणीकरणको जानकारी तथा विदेश जानुअघि आफ्नो श्रमस्वीकृति भए/नभएको बारे जानकारी पाउन सकिने सुविधा पनि छ ।

साझा सबालको यो एप मुन्चा हाउसको सहकार्यमा बनाएको हो । 

यो एप डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोला 

https://play.google.com/store/apps/details?id=com.sajhajobsproject 

यस बिषयमा तपाइको प्रतिक्रिया...!