तीनवटा वाणिज्य बैंकले गरे नयाँ व्याजदर सार्वजनिक, कसको कति छ ?

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौं |  बुधबार ३ वटा वाणिज्य बैंकहरु इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् | सार्वजनिक गरिएको नयाँ व्याजदर कर्जा र निक्षेपमा माघ १५ देखि लागु हुनेछ | नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ |

बचत खातामा भने बैंकले ३.५ प्रतिशत देखी ५.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ | बैंकको पुस मसान्तसम्मको बेसरेट ८.५८ प्रतिशत रहेको छ | जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम ९.५८ प्रतिशत देखी अधिकतम १५.५० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले १ वर्षको लागि निश्चित कर्जाहरु एनआबीएल इको लोनमा १०.५० प्रतिशत, एनआइबीएल एसएमई लोनमा ९.९९ प्रतिशत र प्रोडक्टिभ एग्रो सेक्टर लोनमा १०.५० प्रतिशत ब्याज तोकेको छ |

त्यस्तै लक्ष्मी बैंकले माघ १५ गते देखी लागु हुनेगरी व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फभने बैंकले ५ प्रतिशतदेखी ६.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ |

पुस मसान्तमा बैंकको बेसरेट १०.०९ प्रतिशत रहेको छ | बैंकले हाल २२ प्रकारका कर्जा दिइरहेको छ | अधिकांस कर्जाको ब्याजदर भने बैंकको ११.०९ देखी १९.०९ प्रतिशत माथि रहेको उल्लेख गरेको छ |

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले न्युनतम ४.५० प्रतिशत देखी ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको पुस मसान्तसम्मको बेसरेट ९.४५ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम १०.७ प्रतिशत देखी अधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तोकेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!