अमेरिकाले दियो नेपालाई दुई स्काई ट्रक, काठमाडौंमा अवतरण

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | अमेरिकाले नेपालाई दुई स्काई  ट्रक दिएको छ | नेपाली सेनालाई सहयोग भन्दै दुई स्काई ट्रक आइतबार बिहान काठमाडौँ पुर्याएको छ | नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ‘एम–२८’स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसार गर्न प्रयोग हुन्छ |


जसमा १८ जना यात्रु र २३ किलो सामान बोक्न मिल्छ | पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि ती स्काई ट्रक प्रयोगमा आउने उनले बताए | ति दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ |

 २०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेपछि सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो | यो भन्दा पहिले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेको भएपनि थप दुई जहाज २०२१ सम्म आइपुग्ने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!