हिमालय एयरलाइन्सले उडान सुरु गर्यो चीनको चाङ्सामा

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौं | हिमालय एयरलाइन्सले काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान गर्न थालेको छ | पहिलो उडान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न गरेको छ |

भ्रमण बर्ष २०२० लाई लक्षित् गर्दै उक्त स्थानबाट नेपाल आउने पर्यटकलाई सेवा दिने कम्पनीले जनाएको छ | चिनका प्रमुख पर्यटकीय शहर मध्ये एक हो चाङ्सा, हप्तामा दुइदिन उडान गर्ने र सोहीदिन काठमाडौँ फर्कने कम्पनीले जनाएको छ |

चिनको चाङ्सा उडानपछि नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने हिमालय एअरलाइन्सको विश्वास रहीको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!