अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु

Posted on: 24 Mar, 2020

चैत ११, काठमाडौं | अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मृत्यु भएको हो । 

विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका लिम्बूको मंगलबार निधन भएको जनाइएको छ । उनी पाँचथर रानीगाँउ निवासी भएको बताइएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!