हृदयघात हुनु एक महिनाअघि शरीरले दिन्छ यस्तो संकेत, जानी राखौं

Posted on: 25 Apr, 2019

काठमाडौं । हृदयघातको नाम सुन्दा पनि सबैलाई  डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु भएको छ  ।

बूढाबूढीलाई मात्र हृदयघात  नभएर  यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार बन्न पुग्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । 

यी कुराहरुमा  ध्यान दिन सके  यसको खतराबाट अवस्या  बच्न सकिन्छ ।

-अन्य भागमा पीडा

-छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

-सास लिन अप्ठ्यारो

-सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

-पाचनतन्त्रमा गडबडी

-पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

-आत्तिने

-लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

-अत्यधिक पसिना

-कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

-गोडा फुल्ने

-मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

-ढुकढुकी बढ्नु

-धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!