कोरोनाभाइस नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौं | संसारभरी फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)बाट बच्न आवश्यक तयारी अपनाइरहेको छ | सोहि क्रममा  स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गर्दै सरोकारवाला निकायलाई निर्देशन दिएको छ |

मन्त्रालयले सरकारका निर्देशन पालना भए नभएको समेत अनुगमन गर्न जनशक्ति खटाउने बताएको छ | मन्त्रालयले कोरोना भाइरस समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!