अनसनरत नेविसंघका विद्यार्थीको जीवन रक्षाको माग

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौँ | कांग्रेस केन्द्रीय कार्यालयमा तीन दिनदेखि अनसनरत विद्यार्थीको जीवन रक्षाको माग गर्दै सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई एसएमएस गरिएको छ |

 नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा रहेका छन् | भने उनको स्वास्थ्य बिग्रँदै गएको छ | देशभरका नेविसंघबाट शीर्ष नेतालाई एसएमएस गर्न सुरू गरिएको छ | एसएमएसमा ‘नेविसंघको विधान, गरिमा र इतिहास जीवित राखियोस्। सत्याग्रही नवराज त्रिपाठीको जीवन रक्षा गरियोस्’ भनेर लेखिएको छ |

नेविसंघमा ३२ वर्ष उमेरहद लागू गर्नुपर्नेलगायत विधानका व्यवस्था कार्यान्वयन माग गर्दै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा एक महिनादेखि रिले अनसन भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!