अध्यक्ष ओलीको अनुपस्थितिमा पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौँ | नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने जानकारी दिएका छन्  |

 बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श लिएका थिए। भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि लामो समय सिंगापुरमै बस्नुपर्ने भएकाले उनले आफ्नो सहमतिमा पार्टीको निर्णय गर्ने गरि अध्यक्ष प्रचण्डलाई ‘कार्यकारी’ भूमिका सुम्पिएका थिए।

प्रचण्डको अध्यक्षतामा बस्ने आजको बैठकले  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ नागरिक मञ्चको टुंगो लगाउने तयारी गरेको छ।

यसैगरी  नेकपाले प्रवास कमिटी र ६ वटा महानगरको अध्यक्ष तथा सचिवको जिम्मेवारी बाँडफाँट गर्न पनि बाँकी रहेको छ। आजको बैठकले आयोग, परिषद्, मञ्च, प्रवास कमिटी र महानगरका पदाधिकारी टुंग्याउने गरि छलफल गर्ने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!